सिन्धुली जिल्लाका ९ वटा स्थानीय तहको अवस्थिति नक्सा । सिन्धुली जिल्लाको स्थानीय तहमा तोकिएका निमित्त कार्याकारी अधिकारीहरुको विवरण । इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धी जानकारी मार्ग निर्देशन तथा योजना प्राथमिकीकरणका अाधारहरु निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजनाहरुको विवरण भुकम्पबाट क्षेतिग्रस्त अावास पुननिर्माण गर्न अनुदानको लागि बैङ्किङ कारोवार गर्न जिम्बेवारी दिइएका बैङ्कहरुको सूचि । राष्ट्रिय पुननिर्माण प्राधिकरण द्वारा प्रकाशित सिन्धुली जिल्लाको भुकम्प पिडितहरुको पछिल्लो विवरण । नयाँ वर्ष २०७३ सालकाे पावन अवसरमा सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । कार्यक्रम अधिकृतकाे परीक्षा स्थगित गरिएकाे सम्बन्धमा । एक्कार्इसाैं जिल्ला परिषद्बाट पारित नीतिगत निर्णयहरू

संक्षिप्त परिचय

नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । प्राकृतिक रुपमा यो जिल्ला भित्री मधेसको समथर भूमि देखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्र देखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । गणितिय भूगोल अनुसार यो जिल्ला विश्व मानचित्र २६ डिग्री ५५” देखि २७ डिग्री २२” उत्तरी अक्षांस र ८५ डिग्री १५” देखि ८६ डिग २५” पूर्वी देशान्तरमा अवस्थित छ । यस जिल्लाको सबैभन्दा होचो भाग समुन्द्रि सतह देखि २७८७ मिटरको उचाईमा छ । धरातलिय स्वरुप विविध भएकै कारण यस जिल्लाको हावापानी फरक-फरक नै छ । चुरे पहाडको नजिक तथा वरपरका भागहरुमा अधिकतम तापक्रम ७ र ८ डिग्री सेल्सियसको सरदरमा हुन्छ भन महाभारत नजिक तथा वरपरका भागहरुमा अधिकतम तापक्रम १९ र २० डिग्रीको सरदरमा हुन्छ । सिन्धुली जिल्लाको कुल क्षेत्रफल २४९१ वर्ग कि.मि. छ ।
प्रशासनिक आधारमा ३ वटा संसदीय निर्वाचन क्षेत्र, १३ वटा इलाका, ५० वटा गाउँ विकास समितिहरु र २ वटा नगरपलिका रहेको यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हो । । निर्वाचन क्षेत्र नं.१ मा १५ गा.वि.स तथा १ नगरपालिका, निर्वाचन क्षेत्र नं. २ मा १७ गा.वि.स. तथा १ नगरपालिका र निर्वाचन क्षेत्र नं. ३ मा १८ गा.वि.स. हरु रहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रहरुमा भावर क्षेत्र, खोच, महाभारत तथा गड्तिरका भागहरु रहेका छन् ।

यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४.८ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।
२०६८ सालको प्रतिवेदन अनुसार यस जिल्लामा कूल जनसंख्या २,९६,१९२ जनसंख्या भएको पाईन्छ । जसमा महिलाहरु १,५६,०६९ र पुरुषहरु १,४०,१२३ को संख्यामा छन् । यस जिल्लामा ५७५८१ घरधुरिहरु रहेका छन्। यस जिल्लाको जनघनत्व सरदर ११९ प्रति वर्ग कि.मि. छ । यस जिल्लामा तामाङ्ग जातिको वाहुल्यता रहेको छ । हायू र थामी जस्ता लोपोन्मुख अल्पसंख्यक जातिहरु पनि यस जिल्लामा बसोबास गर्दै आइरहेका छन् । यस जिल्लाको कमला र मरिनखोलाका छेउछाउका भागमा आदिवासी राई, दनुवार र माझीका व्यापक बस्तीहरु छन् भने डाँडीगुरासे गा.वि.स. को गुराँसे डाडामा नेपालकै दुर्लभ जाती हायूहरु बस्दछन् । यस जिल्लामा ७४ प्रकारका जात जातिहरु पाइन्छ । जातीय विविधताको स्वरुप भाषा र धर्ममा पनि विविधता पाईन्छ । धर्ममा पनि विविधता पाईन्छ । धर्ममा हिन्दु धर्म मान्नेहरु ७५% बौद्द धर्म मान्नेहरु २३% र अन्य धर्म मान्नेहरु २% यस जिल्लामा छन् ।

यस जिल्लामा पूर्व प्राथमिकता १०, प्राथमिकता विद्यालय ४३५, नि.मा.वि १२०, मा.वि. ६७, प्राविधिक विद्यालय १, उच्च माध्यामिक विद्यालय ११ वटा रहेका छन् । यस जिल्लाको सरदर साक्षरता ३९.२८% रहेकोमा पुरुषको साक्षरता ५२.५३% र महिलाको २६.०४% रहेको छ ।
प्रमुख भौतिक सुविधाहरुमा बर्दिबास-सिन्धुली-बनेपा सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीदेखि खुर्कोट खण्डसम्मको निर्माण कार्य पूरा भैसकेको करिव ३९ कि.मि. कालोपत्रे सडक, तराईको बजार बर्दिबासलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट जोडने बाह्रैमास चल्ने ३७ कि.मि. मध्ये २५ कि.मि. कालोपत्रे र बाँकी ग्राभेल सडक र करिव ११०० लाइनको टेलिफोन, १००० थान सि.डि.एम.ए. र ६५००० भन्दा बढी मोवाइल सेवाको रहेको छ । यसका अतिरिक्त विभिन्न मौसमी सडकहरु, जिल्ला अस्पताल, कलेज सुविधा, बजार केन्द्रहरु पनि जिल्लाको सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने भौतिक पक्षहरु हुन् ।

मानवीय जीवन यापनका विविध पक्षहरुमा सुदृढ गर्नका लागि जिल्लामा कार्यरत सरकारी कार्यालयहरु भन्दा वाहेक अन्य संघ/संस्थाहरु जिल्लाको आर्थिक, सामाजिक विकासमा कार्यरत रहेका छन् । यी संघ/संस्थाका सहयोगका अतिरिक्त पनि जिल्लाको विविध संस्कार,भौगोलिक विकटता, गरिवी जस्ता अवयवहरुले गर्दा गरिबी, लैङ्गकि विभेद, बाल मृत्युदर, कुपोषण जस्ता समस्याहरु उल्लेख्य मात्रामा घटन सकेको छैन ।

जिल्लामा निर्माणधिन अवस्थामा रहेको बर्दिबास-सिन्धुलीमाढी-बनेपा सडक र अन्य निकायहरुबाट सडक तथा अन्य आवश्यक पूर्वाधारहरुको क्रमिक निर्माणले जिल्लाले विशिष्टिकरण प्राप्त गरेको क्षेत्रहरु जस्तै दुधजन्य पदार्थहरु, फलफूल, जडिबुटी जस्ता श्रोतबाट जिल्लामा व्याप्त गरिबीको अवस्थामा सुधार आउने स्थिति अवश्य रहने छ ।


Skip to toolbar